मनीषा कोइरालाको बायोग्राफी डिसेम्बरमा सार्वजनिक हुदैँ

Advertisement

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाको आत्मवृत्तान्त डिसेम्बर १५ मा सार्वजनिक हुने भएको छ । क्यान्सरसँगको लडाइँका बारेमा मनिषाले लेखक निलम कुमारसँग मिलेर पुस्तक तयार पारेकी छन् । कुमारका आठ पुस्तक सार्वजनिक छन् । उनी भारतकी बेस्ट(सेलर लेखक हुन् ।

शनिबार मनिषाले आफ्ने पुस्तक डिसेम्बर १५ मा सार्वजनिक हुने ट्विटरमार्फत् जानकारी गराएकी हुन् । पुस्तकको मूल्य भारु ३४७ रुपियाँ रहेको छ ।

मनीषाले आफ्नो पहिलो पुस्तकको नाम ‘हिल्डस् हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ राखेकी छन् । अंग्रेजी भाषाको पुस्तक भारतको पेन्गुइन प्रकाशनले बजारमा ल्याउन लाागेको हो । बलिउड फिल्ममा चर्चा कमाएकी मनीषालाई सन् २०१२ मा क्यान्सर देखिएको थियो ।

Advertisement

Advertisement

Advertisement