स्ट्याण्डर्ड चार्टर्ड बैकले १७.५० प्रतिशत नगद लाभांस दिने

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७ दशमलव ५० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । शनिबार बसेको बैंकको संचालक समितीको बैंठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांस दिने निर्णय गरेको हो ।

गत आवमा बैंकले दुई अर्ब सात करोड रुपियाँ नाफा गरेको थियो । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब एक करोड रुपियाँ रहेको छ । बैंकले गत आवमा चुक्ता पुँजी बढाउन शतप्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बैंकले विगत पाँच वटा आवमध्ये यसपटक नगल लाभांसमात्र घोषणा गरेको हो । त्यस्तै बैंकको यस पटकको लाभांस विगत आठ वर्ष यताकै न्युन हो ।

Advertisement

Advertisement

Advertisement