धादिङमा ग्यास बुलेट पल्टिदा दुईको मृत्यु, आगलागी हुँदा यातायात पनि अवरुद्ध

Advertisement

धादिङ । धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट पल्टिदा दुई जनाको मृत्यु भएको छ । धादिङ प्रहरीका अनुसार पल्टिएको बुलेटमा आगलागीसमेत हुँदा यातायात सेवा पनि अवरुद्ध भएको छ ।

ग्यास बुलेट पल्टिँदा ज्यान गुमाउनेको नाम गीता नेपाली र सुनिता नेपाली रहेको जनाइएको छ । उक्त ग्यास बुलेट बाराबाट काठमाडौं आउँदै गरेको अवस्थामा पल्टिएको प्रहरीको भनाई छ ।

बुलेट पल्टिएको खबरपछि घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्दार र आगो निभाउने प्रयास गरिरहेको समाचार छ ।

Advertisement

Advertisement

Advertisement