नेप्से परिसुचक दोहोरो अंकले घट्यो, कारोबार पनि न्युन

Advertisement

काठमाडौं । तिहार सकिएपछि आइतबार खुलेको सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आज नेप्से परिसुचक १७ दशमलव ३१ अंकले घटेर एक हजार २ सय पाँच दशमलव २२ अंकमा झरेको छ ।

चार दिन लामो बिदापछि खुलेको बजारमा आज कुनै उत्साह देखिएन । आज दिनभरमा मात्रै एक सय २५ कम्पनीका ९ करोड ९४ लाख ५१ हजार ४८ रुपियाँ मूल्यका तीन लाख १४ हजार २ सय ९७ कित्ता सेयरको किनबेच भएको छ ।

आजको कारोबारमा वित्त र अन्य बाहेकका सम्पूर्ण समूहका उपसुचकहरुमा गिरावट आएको छ । आइतबार सबैभन्दा बढि गिरावट निर्जीवन बीमा समूहको परिसुकमा देखिएको छ जुन ४३ दशमलव शुन्य ७ अंकले घटेको छ ।

यसैगरी जिवन बीमा, वाणिज्य बैंक र जलविद्युत समूहका परिसुचक क्रमशः २९ दशमलव ११, २५ दशमलव शुन्य ८ र १३ दशमलव २२ अंकले घटेका छन् । आजको कारोबारमा विकास बैंक, होटल र लघुविक्त समूहका परिसुचकहरु क्रमशः ६ दशमलव शुन्य ५, ३ दशमलव ५८ र ३ दशमलव शुन्य ८ अंकले घटेका छन् ।

तर, वित्त र अन्य समुहका उपसुचक भने क्रमशः १ दशमलव २५ र शुन्य दशमलव ७३ अंकले बढेका छन् ।

Advertisement

Advertisement

Advertisement