प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको र त्यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएको छ ।

ओमलाई प्राप्ति गरेपछि प्राइमको कूल चुक्ता पूँजी रु १० अर्बमाथि पुग्नेछ । हाल दुवै बैंकको सम्पत्ति मूल्याङ्कनको काम भइरहेको छ । कास्कीलाई केन्द्र बनाएर कारोवार गरिरहेको ओमको कूल शाखा ५५ रहेका छन् भने ‘क’ वर्गको प्राइमको ६५ शाखा सञ्चालनमा छन् ।

सैद्धान्तिक सहमति प्राप्त गरेको तीन महीनाभित्रमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वित्तीय संस्था एकापसमा गाभिने प्रक्रियाका लागि साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी सक्नुपर्नेछ ।

पछिल्लो दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई गाभ्न प्रेरित गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement