भोलिदेखि स्वारोजगार लघुवित्तको ११ हजार कित्ता सेयर लिलामी आउँदै

Advertisement

काठमाडौं।   स्वारोजगार लघुवित्त वित्तीय संस्थाले भोलि (कार्तिक २७ गते) देखि सर्वसाधारण समूहको ११ हजार १२९.०१ कित्ता सेयर लिलामी ल्याउने भएको छ ।  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

कम्पनीले यसअघि साउन १३ देखि भदौ १७ गतेसम्मकम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोहि हक्प्रदमा पूरै आवेदन नपरेपछि  बाँकी रहेको हकप्रद सेयर लिलामी प्रणालीबाट बेच्न लागिएको हो । लगानीकर्ताले उक्त सेयरमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइने छ।

यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी यसअघि १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement