नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि नियुक्त गरेको हो ।

उनी गत चैतमा नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाशपछि बाहिरिएका थिए । राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियमन विभागहरुमा लामो समय काम गरेका नेपाल निर्देशक पदबाट अवकाश भएका थिए ।

कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित कपिलमणि ज्ञवाली र शेषरमण आचार्यको नाम पनि सिफारिस भएको थियो ।

नेपाल अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमफिल पनि गरेका छन् ।

Advertisement

Advertisement

Advertisement