निलाम्बर आचार्य भारतका लागि नेपाली राजदुतमा सिफारिस

Advertisement

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा संविधानविद निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो ।

यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएकोमा नेकपाभित्रै विवाद चुलिएपछि सो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।

यस्तै बैठकले मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डे र यूएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ ।

Advertisement

Advertisement

Advertisement