महालक्ष्मी विकास बैंक र सूर्या लाइफबीच सम्झौता, बैंकका सबै शाखाबाट बिमाको सुविधा पाइने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संग  बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको  छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

united

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकका सबै शाखाबाट इन्स्योरेन्स  कम्पनीको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।