नेप्सेको अनलाईन कारोबारमा समस्याः सबै पक्ष अरोप प्रत्यारोपमा

Advertisement

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अनलाइन कारोबारमा समस्या आउँदा सोको कारणलाई लिएर आरेप प्रत्यारोपको श्रृङखलानै सुरु भएको छ ।

नेप्सेले विना तयारी अनलाईन कारोबार संचालनमा ल्याउँदा लगानीकर्ताहरु समस्यामा परेको भन्दै लगानीकर्ता र ब्रोकरहरुले नेप्सेमाथी औंला उठाएका छन् ।

नेप्सेको अनलाईन कारोबार प्रणालीमा धेरै त्रुटि भएको र सोबाट लगानीकर्ता मर्कामा परेको भन्दै नेपाल इन्भेष्टर्स फोरमले विज्ञप्ती नै निकालेर विरोध गरेको छ ।

नेप्सेको अनलाईन कारोबार प्रणाली संचालनमा आएको दिनदेखि नै समस्यामा आएको र ५ दिनसम्म पनि सम्बोधन गर्न नसेपछि त्यसको विरोधमा जानु परेको इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । नेप्सेलाई प्रणालीमा देखिएको समस्या समाधानका लागि आज दिनभरको समय दिने र समाधान नगरेमा नेप्से घेराउ गर्ने उनले जानकारी दिए ।

नेप्सेको अनलाईन निर्माता कम्पनी वाईकोलाई भुक्तानी गर्न नेप्सेले विना तयारी अनलाईन प्रणाली संचालनमा ल्याएर लगानीकर्ता फसाउने काम गरेको लगानीकर्ताहरुले आरोप लगाएका छन् ।

यसैगरी ब्रोकरहरुले पनि अनलाइन प्रणालीमा त्रुटि हुँदा आफुहरु पनि अलमलमा परेको जनाएका छन् । नयाँ प्रणाली भएकाले कारोबारका लागि आफुहरु पनि अल्मलिएको ब्रोकरहरुले स्वीकार गरेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृति चन्दसिंह साउद भने बाहिर हल्ला भएजस्तो अनलाईन प्रणालीमा समस्या नभएको बताउँछन् । नेप्सेको अनलाईन कारोबार राम्रोसँग नचल्नुमा लगानीकर्ताहरु पनि उत्तिकै जिम्मेवार रहेको साउदको आरोप थियो । मक ट्रेडिङ संचालन गर्दा लगानीकर्ता र ब्रोकरहरुले प्रयाप्त ध्यान नदिँदा अहिलेको समस्या सृजना भएको उनको भनाइ छ ।

प्रणलीमा समस्या देखिएपछि आईतबारको दिन पनि ८ हजार जना लगानीकर्ताको अर्डरबाट करिब १० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका थिए ।

Advertisement

Advertisement

Advertisement