कंगारु एजुकेशन फाउण्डेशनको बृहत शैक्षिक मेला हुँदै

Advertisement

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले ६ दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ । यहि कार्तिक २९ गतेदेखि  कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो नाम दिईएको उक्त मेला  कात्तिक २९ गते बिहिबार पुर्वझापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् ।

मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

मेलामा विद्यार्थीले आफू जान चाहेका देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् ।

यो शैक्षिक मेलामा आउनुहुने विद्यार्थी र अभिभावकहरुलाई निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको छ भने बिधार्थीलाई बिशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ । एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म कंगारुको सभा हलमा आयोजना हुनेछ ।

Advertisement

Advertisement

Advertisement