एयरबस परिवारको नयाँ एयरक्राफ्ट, ए२२०को दुई दिने नेपाल भ्रमण सम्पन्न

Advertisement

काठमाडौं । एयरबस परिवारको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, ए२२०–ले बिश्व भ्रमणको दौरान पहिलो पटक नेपाल भ्रमण गरेको छ ।

सानो मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्तिक २५ र २६ गते प्रदर्शित गरिएको थियो ।

एक सय ४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने यो एयरक्राफ्ट् चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको प्रदर्शनी भ्रमणको क्रममा काठमाडौं आइपुगेको हो ।

एयरबस कम्पनीले यस एयरक्राफ्ट् आरमदायी र लाभदायक हुनुको साथै काठमाडौं जस्तो उचाईमा रहेका हवाई अड्डाका लागि पनि उपयुक्त रहेको दाबी गरेको छ ।

एक सय दखि १ सय ५० सिट क्षमताको बजारका लागि निर्मित यस विमानले साधाराण विमानले भन्दा २० प्रतिशत इन्धनको बचत गराउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो विमानको अहिलेसम्म ४०० भन्दा धेरै अर्डर भईसकेको छ । ए२२० विमानले बजारमा समान सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा चाँडै राम्रो बजार लिने कम्पनीको दाबी छ ।

Advertisement

Advertisement

Advertisement