विवादास्पद पप्पु कन्ष्ट्रक्शनले लिएको एउटा ठेक्का बल्ल तोडियो

Advertisement

काठमाडौं । विवादमा परेको पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसके भन्दै जलस्रोत तथा सिँचाइ विभागले उसँगको ठेक्का तोडेको छ । दर्जनौं ठेक्का लिने तर समयमा काम पनि नगर्ने र गुणस्तरीय पनि नगर्ने आरोप खेप्दै आएको पुप्पुको बल्ल एउटा ठेक्का तोडिएको हो ।

पप्पुलाई कारवाही गर्न चौतर्फी दबाब बढिरहेको बेला बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम नगरी चरम लापरबाही गरेको पाइएपछि विभागले ठेक्का सम्झौता तोडेको हो ।

विभागका महानिर्देशक सरोज पण्डितका अनुसार ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक, यस अवधिमा उक्त निर्माण कम्पनीले जम्मा ७ प्रतिशत काम मात्रै काम गरेको र गरेको काम पनि गुणस्तरीय नरहेको पाइएपछि ठेक्का सम्झौता तोड्ने निर्णय भएको हो ।

पप्पु कन्ष्ट्रक्शनले काम नगरेपछि दातृ निकायले सिक्का सिंचाईका लागि उपलब्ध गराएको सहयोग रकमसमेत अलमलमा परेको छ । यस आयोजनामा साउदी विकास कोषको समेत दुई अर्ब ४१ करोड लगानी रहेको छ भने बाँकी सरकारको लगानी रहेको छ ।

विभागले पप्पुले जिम्मा लिएको खण्डको निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया थालनी गर्ने जनाएको छ । सिक्टा सिंचाई आयोजनाअन्तर्गत २३ किलोमिटर लामो डुुँडुवा शाखा नहर बनाउन विभागले ९८ करोड रुपियाँमा पप्पुसँग ठेक्का सम्झौतामा काम चाँडो गर्न पटक पटक आग्रह गर्दा पनि उसले अटेर गर्दै आएको थियो । निलम्बित साँसद हरिनारायण रौनियारको यस कम्पनीले अरु पनि यस्ता थुप्रै आयोजनामा लापरवाही गर्दै आएको तथ्य बाहिरिएको छ ।

Advertisement

Advertisement

Advertisement