उन्नतिले आफ्ना सेयरधनीलाई ४२.६३ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले ४२.६३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको १२२औँ बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । ४०.५० प्रतिशत बोनस पश्चात ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ । सोमबार प्रतिकित्ता १५७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार करिब साढे एक घण्टामै प्रतिकित्ता ३१ रुपैयाँले बढेर प्रतिकित्ता १६०६ रुपैयाँ पुगेको छ ।

बोनस घोषणा सँगै बजारमा संस्थाको सेयर बेच्नेको भन्दा किन्नेको चाप देखिएको छ । यस यस अवधिसम्म संस्थाको ४६२९ कित्ता सेयर किन्ने लगानीकर्ताको घुईचो देखिएको छ ।

Advertisement

Advertisement

Advertisement