लगानीकर्तालाई अल्मल्याउन पुनः ‘मक ट्रेडिङ’ गराउने तयारीमा नेप्से

Advertisement

काठमाडौं । प्रयाप्त तयारी विना अनलाइन कारोबार सुरु गर्दा सफ्टवयरमा समस्या देखिएपछि लगानीकर्ता र ब्रोकरको दोष देखाएर उम्किनका लागि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले पुनः अभ्यास कारोबार (मक ट्रेडिङ) गर्ने तयारी गरेको छ ।

प्रयाप्त तयारी नगरी कारोबार सुरु गर्दा लगानीकर्ताले विभिन्न किसिकमका समस्याहरु भोग्नु परेको गुनासो गरेसँगै लगानीकर्ता र ब्रोकरहरुनै अनलाइन कारोबारमा दक्ष नभैसकेको कारणले समस्या आएको भन्ने पार्न फेरी मक ट्रेडिङ सुरु गर्ने तयारीमा नेप्से लागेको हो ।

मक ट्रेडिङ गराउने समयसम्म सफ्टवयरमा आएको समस्या पनि समाधान गर्न सकिने र आफुमा आएको दोष पनि पन्छिने भएकाले नेप्सेले पुनः मक ट्रेडिङ गराउन लागेको देखिन्छ । नेप्सेमाथि सफ्टवयर निर्माता कम्पनी वाईकोलाई रकम भुक्तानी गर्नका लागि विना प्रयाप्त तयारी अनलाइन कारोबारको सुरुवात गरेको आरोप लागइएको छ ।

सोमबार साँझ लागानीकर्ताहरुसँगको बैठकमा छिट्टै अनलाइन कारोबारमा देखिएको समस्या समाधन गर्ने प्रतिबद्धता जनाएको नेप्सेले समास्या समाधान गर्न समय लाग्ने भएपछि पुनः मक ट्रेडिङ गराएर लगानीकर्तालाई केही समय अलमल्याउन खोजेको बुझिएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्तालई अनलाइन कारोबारमा निपुर्ण बनाउन फेरी मक ट्रेडिङ गराएर मात्र अनलाइन कारोबार सुरु गर्ने जानकारी दिएका छन् । अब हुने मक ट्रेडिङमा अनलाइन प्रणालीमा जसरी कारोबार हुन्छ, त्यसरी नै कारोबार गर्ने व्यवस्था मिलाइने उनले बताए ।

उता नेप्सेको अनलाइन कारोबारलाई बैंकिङ प्रणाली इन्टीग्रसन नहुँदा आनलाइन कारोबार भएपनि त्यसको सिधै रापसाफ हुन सकेको छैन् । सर्वसाधारण लगानीकर्ताको हातमा अनलाइन प्रणाली गए पनि पूर्णरुपमा राफसाफ भएन भने त्यो अनलाइन प्रणाली नहुने नेपाल इन्भेष्टर फोरका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको भनाइ छ

Advertisement

Advertisement

Advertisement