सानिमा बैंकले ल्यायो संसारको जुनसुकै स्थानबाट पनि सेयर कारोबार गर्न सक्ने सुविधा

Advertisement

काठमाडौं । सानिमा बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा बैंकले थ्री इन वान एकाउन्टबाट यस्तो सेवा शुरु गरेको छ । बैंकको यस्तो सेवाबाट ‘ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइन मार्फत विना कुनै झन्झट सेयर कारोबार गर्न सक्ने छन् ।

बैंकले ल्याएको यो सुविधामार्फत सेयर कारोबार गर्नको लागि सेयर ब्रोकर कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । अबदेखि कारोबार रकम राफसाफ तथा फस्र्योटको काम पनि घरबाटै गर्न सकिने भएको छ । सेयर खरिदबिक्री आदेश अनलाइनबाट गर्न सकिने व्यवस्था भए लगत्तै सानिमा बैंकले कारोबार रकम राफसाफ पनि अनलाइनबाट नै गर्ने व्यवस्था गरेको हो ।

बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईका अनुसार सेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु नपर्ने बताए ।यस्तो सुविधा सम्पूर्ण व्यक्तिगत ग्राहकहरुले पाउने तर संस्थागत लगानीकर्ताले नपाउने बैंकले जनाएको छ ।

सानिमा क्यापिटलले सेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement