सांगीतिक क्षेत्रका व्यस्त मोडल बुढेसकालको लागि सोच्दै आफ्नै व्यवसायमा लागे

Advertisement

काठमाडौं । पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा धेरै कलाकारहरु भने टिक्न सकेका छैनन् । बिगत चार वर्षदेखि यस सांगितिक क्षेत्रमा लागेर छोटो समयमै दर्शकको मन जित्दै राज गरिरहेका यि हुन् मोडल तथा निर्देशक निर्मल क्षेत्री ।

बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्ग मा जन्मेर दोहोरी गीत संगीतमा आफुलाई चिनाउने र तेसैमा आफ्नो भविष्य  बनाउने उद्धेश्यले काठमाडौँलाई कर्मथलो बनाइरहेका मोडल तथा निर्देशक क्षेत्री पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा आस्लाग्दा निर्देशक पनि हुन ।

२०७१ सालदेखि नेपाली लोक दोहोरी क्षेत्रमा अभिनय प्रस्तुत गर्दै यहाँसम्म आएका क्षेत्रीले अहिले सम्म करिब तीन सय भन्दा बढि म्युजीक भिडियोमा अभिनय गरिसकेका छन् । भने करिब १५ वटा जति म्युजीक भिडियोको निर्देशन गरभका छन । सानैदेखी आफ्नो यो क्षेत्रप्रती रुची रहेको र आफु यसैमा लागी केहि बन्ने सोच रहेको उनी बताउँछन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल रहेका निर्मल झट्ट हेर्दा स्मार्ट र आकर्षक देखिन्छन् । उनी जती स्र्माट देखिन्छन त्यो भन्दा पनि बढी उनको सकरात्मक सोचाइले गर्दा यस क्षेत्रमा उनलाई बढी सफलता मिलेको बताउँछन् । उनी भन्छन् सफलता प्राप्तीको लागी नकरात्मक सोच र घमण्ड बोक्नुहुँदैन, पारिश्रमीकलाई भन्दा पनि परिश्रमलाई महत्व दिनुपर्छ अनि बल्ल यस क्षेत्रमा टिक्न सकिन्छ ।

म्युजीक भिडियो अभिनय तथा निर्देशनमा ब्यस्त रहेका क्षेत्रीले हालै आफ्नो व्यवसाय पनि सुरु गरेका छन् । कलाकार भएर मात्र के गर्ने बैस हुदा र नाच्न सक्ने उमेर सम्म त नाचेरै खाउँला बुढो भएपछि र नाच्ने शक्ति हरायो भने पनि आफुँलाई दुख नहोस भनेर आफ्नै व्यवसाय गर्न लागेको बताउँछन् ।

अभिनयमा पोख्त क्षेत्रीले ओएस नेपाल मार्फत  म्युजिक अवार्ड पनि पाईसकेका छन् । उनले अभिनय गरेको गित पछेउरीको छेउ जसमा स्वर चोलेन्द्र पौडेल र देवी घर्तीको रहेको छ । त्यसैगरी २०७५ सालको तिजमा पनि सबैभन्दा धेरै भिडियोमा नृत्य गरेर अवार्ड पाउन सफल भएका थिए ।
मोडल क्षेत्री अहिले पनि विन्धवासीनी म्युजीक अवार्ड २०७५को वेस्ट मोडलमा नोमिनेशामा परेका छन् ।

Advertisement

Advertisement

Advertisement