दुई हजारभन्दा बढि अधिकृतको लागि विज्ञापन खुल्दै, अहिलेसम्मकै धेरै

Advertisement

काठमाडौँ । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो ।

सरकारले एकैपटक यति ठूलो विज्ञापन गर्न लागिको यो पहिलो पटक हो । सुवेदीले भने, संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन् । आयोगले गत बर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म एक हजार ९७० कर्मचारी माग गरेको थियो । यस बर्षभने त्यो भन्दा पनि बढि संख्यामा आवेदन खुल्ने सुवेदीले बताए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement