नेपाल बैंकको पहिलो त्रैमासको मुनाफा पौने छ करोडले घट्यो

Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख रुपियाँ खुद नाफा गरेको छ । बैंकको मुनाफामा अघिल्लो आवको सोही अवधिको तुलनामा सामान्य गिरावट आएको हो ।

बैंकले सार्वजनीक गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) रिपोर्ट अनुसार अघिल्लो आवको सोहि अवधिमा ९७ करोड १३ लाख रुपियाँ नाफा कमाएको थियो ।

बैंकले चुक्ता पुँजी आठ अर्ब चार करोड २६ लाख रुपियाँबाट नौ अर्ब ८० करोड ८१ लाख रुपियाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा १९ अर्ब ६० करोड रुपियाँ जम्मा भएको छ ।

बैंकले चालू आवको पहिलो त्रैमासमा ९३ अर्ब ४३ करोड १४ लाख रुपियाँ निक्षेप संकलन गरी ७९ अर्ब चार करोड ९१ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी गत आवको सोहि अवधिको तुलनामा एक दशमलव ७९ प्रतिशतले घटेर एक अर्ब ३६ करोड ९९ लाख रुपियाँ आम्दानी गरेको छ । त्यस्तै सञ्चालन मुनाफमा ४० दशमलव ७६ प्रतिशतले वृद्धिगर्दै एक अर्ब २८ करोड १३ लाख रुपियाँ कमाएको छ । बैंकको सञ्चालन मुनाफामा वृद्धि भएपनि खुद व्याज आम्दानीमा गिरावट आएकोले खुद मुनाफामा सामान्य गिरावट आएको छ ।

बैंकले जारी गरेको एनएफआरएस रिपोर्टको अनुसार जोखिम युक्त सम्पत्ति २३ दशमलव ९२ प्रतिशत, निष्कृय कर्जा दुई दशमलव ७८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७१ दशमलव ०९ प्रतिशत, आधार व्याजदर सात दशमलव ५२ प्रतिशत र कोषको लागत तीन दशमलव ८४ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी ३९ रुपियाँ ९२ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement