सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन मंसिर ७ गतेदेखि खुल्ने

Advertisement

काठमाडौं । दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको  छ ।

यातायात व्यवस्था विभागले दशैंको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो । सवारीचालक अनुमति पत्रको आवेदन खोल्ने तयारी भइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement