संचय कोषले संचयकर्तालाई १० लाखसम्मको स्वास्थ्य बीमा गरिदिने

Advertisement

काठमाडौं ।  कर्मचारी संचयकोषले सबै संचयकर्तालाई रोग र अवस्था हेरी स्वास्थ्य उपचारको लागि बीमा गरिदिने स्किम ल्याएको छ । बुधबार एक कार्यमकाबीच सो सम्बन्धि विषयमा कोष र राष्ट्रिय बीमा कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा कोषका प्रमुख तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख बीरबिक्रम रायमाझीले हस्ताक्षर गरे। माघदेखि तीन वर्षसम्मका लागि यो योजना लागू हुने छ।

उक्त सम्झौता पश्चात संचयकर्ताहरुले सामान्य अवस्थामा वर्षमा १ लाखसम्मको स्वास्थ्य उपचार खर्च पाउने छन्। त्यस्तै जटिल प्रकारका रोग लागेको अवस्थामा संचयकर्ताहरुले वर्षमा १० लाखसम्मको उपचारको व्यवस्था यो कार्यक्रमबाट पाउने छन्।

यसअघि कोषले हाउजिङ निर्माण गरी निर्माण लागतमै संचयकर्तालाई सहरी क्षेत्रमा घर उपलब्ध गराउने घोषणा गरिसकेको छ। कोषमा सरकारी, सार्वजनिक, निजी क्षेत्र र अनौपचारिक क्षेत्रका व्यक्तिहरुले रकम संचय गर्न सक्छन्। हाल ६ लाख बढी संचय कर्ता कोषमा आबद्ध छन्।

Advertisement

Advertisement

Advertisement