एनसेलको भन्दा नेपाल टेलिकमको मोबाइल सेवा गुणस्तरीय भएको पुष्टि

Advertisement

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनीको तुलनामा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको मोबाइल सेवा उत्कृष्ट रहेको एक अध्यानले देखाएको छ । नेपाल दुरसंचार प्राधिकरणले हालै गरेको एक अध्यनमा यस्तो देखिएको हो ।

प्राधिकरणले चारवटा मापदण्ड बनाएर गरेको अध्ययनमा टेलिकमको सेवा उत्कृष्ट पाइएको थियो । प्राधिकरणका अनुसार कल स्थापित हुन लाग्ने समय, कल स्थापित हुने दर, सम्पर्क विच्छेद हुने दर र कल स्थापित नहुने दरको आधारमा अध्यान गरेको थियो ।

अध्ययनमा समावेश गरिएका चार वटा मापदण्डका आधारमा नेपाल टेलिकमको मोवाइल सेवाको गुणस्तर उत्कृष्ट रहेको छ भने दोस्रोमा एनसेल र तेस्रोमा स्मार्ट टेलिकम रहेको छ ।

प्राधिकरणले काठमाडौंको चक्रपथ भित्रपर्ने मुख्य स्थानहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । स्मार्ट टेलिकमको सेवा बैभन्दा खराबमा रहेको पनि अध्ययनमा देखिएको छ ।

प्राधिकरणको प्रतिवेदन अनुसार नेपाल टेलिकमको कल सफलताको दर ९८.२६ प्रतिशत छ । एनसेलको कल सफलताको दर ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत छ । त्यस्तै, प्राधिकरणले कल स्थापित हुन लाग्ने समयको न्यूनतम स्तर ५ सेकेन्ड अथवा सोभन्दा कम तोकेकोमा नेपाल टेलिकमको नेटवर्कमा कल स्थापित हुन ११.४८ सेकेन्ड, एनसेलमा ४.४८ सेकेन्ड र स्मार्ट टेलिकममा १३.७१ सेकेन्ड लाग्ने गरेको पाइएको छ ।

प्राधिकरणले आफै सम्पर्क विच्छेद हुने न्यूनतम दर २ प्रतिशत भन्दा कम हुनुपर्ने स्तर निर्धारण गरेकोमा तीनवटै सेवा प्रदायकको सम्पर्क विच्छेद हुने दर शून्य प्रतिशत पाइएको छ ।

यसैगरी कल स्थापित नहुने दरमा नेपाल टेलिकमको १.७४ प्रतिशत, एनसेलको २.२३ प्रतिशत र स्मार्ट टेलिकमको ७.६१ प्रतिशत रहेको छ । प्राधिकरणको मापदण्ड अनुसार यस्तो कल स्थापित नहुने न्यूनतम स्तर २ प्रतिशत हुनुपर्छ ।

Advertisement

Advertisement

Advertisement