फेरि बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं।  साताको पाँचौं दिन आज  बिहिवार  सुनको मूल्य बढेको छ।  बुधवार प्रतितोला ५८ हजार दुई सय रुपियाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर ५८ हजार चार सय रुपियाँमा कारोबार भएको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य  ५० हजार ७० रुपियाँ कायम गरेको  छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ।  बुधवार प्रतितोला ७ सय १५ रुपियाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको  छ।

Advertisement

Advertisement

Advertisement