चालु आवको पहिलो त्रैमासमा सेञ्चुरी बैंकको नाफा सतप्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आव २०७५-७६ को पहिलो त्रैमासमा  २० करोड नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १० करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा २० करोड नाफा कमाउन सफल भएको हो ।

यो नाफामा ब्याज आम्दानीको हिस्सा धेरै रहेको छ । बैंकले ब्याज आम्दानीलाई ४६ करोडबाट बढाएर ८० करोड पुर्याएको छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैंयाँ रहेको छ ।

बैंकले ६२ अर्ब निक्षेप संकलन गरेर ५७ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको आधार ब्याजदर ११.५१ प्रतिशत रहँदा खराब कर्जा ०.८२ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने १३ रुपैंयाँ ६४ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement