लक्ष्मी बैंकको खुद नाफा ४६ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं।  लक्ष्मी बैंक लिमिटेडले चालु आव २०७५-७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले पहिलो त्रैमासमा  २५ करोड १३ लाख रुपियाँ  मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा  १७ करोड नौ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले यो वर्ष गत वर्षको तुलनामा ४६.९७ प्रतिशत बढी नाफा गरेको हो ।

आठ अर्ब  २२ करोड चुँक्ता पुँजी भएको बैंकले गत बर्षको तुलनामा ११ अर्ब निक्षेपमा बृद्धि गरी ६९ अर्ब निक्षेप संकलन गरेको बैंकले सोहि अवधिमा कर्जामा नौ अर्बले बृद्धि गरी ६४ अर्ब कर्जा लगानी गरेको छ ।

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ब्याजबाट दुई अर्ब नौ करोड आम्दानी गरेको बैंकले ब्याज भुक्तानी गर्नको लागि एक अर्ब ३५ करोड खर्च गरेको छ । जसअनुसार, बैंकको खुद व्याज आम्दानी ७९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा रहेको बैंकको आधार ब्याजदर ११.२८ प्रतिशत र खराब कर्जा १.५० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement