ट्रान्स्फर्मर पड्किँदा घरमा आगलागी

Advertisement

काठमाडौं । स्वयम्भुको ठुलोभर्याङमा बिहीबार बिहान विद्युतको ट्रान्सफर्मर पड्किएर आगलागी भएको छ । ट्रान्सफर्मर पड्किएर निस्किएको आगोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा आगलागी भएको हो ।

आगलागिपछि स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा लिन सकिएकोले ठूलो क्षतीभने हुन नपाएको स्वयम्भू प्रहरी डीएसपी सुधीरराज शाहीले बताए । बिहान करिब ७ बजे लागेको आगोबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षती पुगेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement