एनसीसी बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं।  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आव २०७५-७६ को पहिलो त्रैमासमा खुद नाफा ८६ दश्मलव ५३ प्रतिशतले बढेर  ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकले २५ करोड १४ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८० करोड ८० लाख ७५ हजार रुपैयाँ कमाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १३२.४५% ले धेरै हो । गत वर्षको यही अवधिमा खुद ब्याज आम्दानी ३४ करोड ७६ लाख २४ हजार रुपैयाँ मात्र थियो । यस्तै, सञ्चालन नाफा पनि ८०.१९% ले बढाएर ६१ करोड ३० लाख ८१ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले निक्षेप संकलन ६२ अर्ब ८४ करोड ३० लाख २८ हजार रुपैयाँ गरेर कर्जा प्रवाह ५७ अर्ब ३० करोड १९ लाख ४३ हजार रुपैयाँ गरेको छ भने जगेडा कोषमा ४ अर्ब ९० करोड ८० लाख ७८ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.६९% रहेको छ भने प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement