एक अर्ब रुपियाँ लगानी गरी उत्पादन क्षमता विस्तार गर्दै हेटौडा सिमेन्ट उद्योग

Advertisement

एक अर्ब रुपियाँ लगानी गरी उत्पादन क्षमता विस्तार गर्दै हेटौडा सिमेन्ट उद्योग

काठमाडौं । हेटौडा सिमेन्ट उद्योगमा सरकारले एक अर्ब रुपियाँ लगानी गरी क्षमता विस्तार गर्ने भएको छ । उद्योगले सिमेन्ट उत्पादन गर्ने मेसिन पुरानो हुँदा उत्पादन क्षमतामा कमी आएकोले त्यसको स्तरोन्नति गरी क्षमता विस्तार गर्न लागेको हो ।

उद्योगबाट कम सिमेन्ट उत्पादन भए पनि यसको गुणस्तरका कारण आम सर्वसाधारणले हेटौडा सिमेन्ट रोज्ने गरेको उद्योग मन्त्रालयको भनाइ छ ।

हेटौडा सिमेन्ट उद्योग विसं २०३३ सालमा स्थापना भएको थियो । स्थापनापछि २०४२ सालमा जडान गरिएका मेसिन तथा पाटपुर्जाहरु पुरानो भएकोले उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन हुन सकिरहेको छैन ।

दैनि सात सय ५० टन सिमेन्ट उत्पादन गरिरहेको उद्योगले क्षमता विस्तारपछि दैनिक दुई हजार टन उत्पदन गर्ने लक्ष्य लिएको छ ।

‘सरकारी स्वामित्वमा सञ्चालित उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक बनाउन उद्योगको सुधार गर्न लागिएको हो ।’ उद्योग सचिव यमकुमारी खतिवडाले बताइन् । उनले भनिन्, ‘प्रविधियुक्त एवं अधुनिकीकरण गरिएका उपकरण जडान गर्दा उद्योगको क्ष्मता बढ्छ ।’ उद्योगले उत्पादन क्षमता वृद्धि गर्दै सिमेन्टको मूल्य घटाउने योजना बनाएको छ ।

लामो समयदेखि विभिन्न समस्याका कारण घाटामा रहेको उद्योग केही वर्ष यता नाफामा चलेको छ । हेटौडा उपमहानगरपालिका–९ मा सञ्चालित उद्योगबाट उत्पादित सिमेन्टको गुणस्तरीयताकै कारण निजी क्षेत्र यससँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । लामो समय घाटामा सञ्चालन भएको उद्योगलाई नाफामुखी बनाउन कर्मचारीको ठूलो हात रहेको प्रेमसंकर सिंहले बताए ।

हेटौडा सिमेन्को गुणस्तर नेपालका निजी सिमेन्ट उद्योगकोभन्दा राम्रो भएको उनको दाबी छ । उद्योगका मेसिनरी पाटपुर्जा पुरानो भएकाले वर्षमा तीन सय दिनमात्र सञ्चालनमा आउने र बाँकी दिन मर्मतमा बित्ने गरेको उनले जानकारी दिए ।

हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित ‘शक्ति सिमेन्ट’ को मुख्य बजार काठमाडौं हो । त्यसबाहेक स्थानीय बजारमा पनि सिमेन्टको राम्रो माग रहेको छ । उद्योगको बजार विस्तार हुँदै बुटवल र पोखरासम्म पुगेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा स्थापना भएको हेटौडा सिमेश्न्ट उद्योगको जोगिमारा र भैसेमा चुनढुँगा खानी छ ।

Advertisement

Advertisement

Advertisement