सिटी एक्सप्रेस फाइनान्सले रणनीतिक साझेदार भित्राउने

Advertisement

काठमाडौं । साविकको कुवेर मर्चेन्ट फाइनान्सको नाम परिवर्तन भई बनेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले बिहीबार आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विगतमा समस्याग्रस्त अवस्थामा रहेको कुबेर मर्चेण्टमा नयाँ लगानीकर्ताहरुले पूँजी लगानी थप गरेपछि समस्याग्रस्त अवस्थाबाट मुक्त भई नाम परिवर्तन गरेर सिटी एक्सप्रेसको रुपमा कारोबार गर्दै आएको छ ।

केन्द्रीय कार्यालय काठमाडौं र शाखा कार्यालयहरु गाइघाट र विर्तामोडमा रहेको कम्पनीको यस साधारणसभाबाट संस्थाले चुक्ता पुँजी ८० करोड रुपियाँ पुर्याउने तथा उपयुक्त रणनीतिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement