एनआईसी एशियाको खुद नाफा १ सय ७० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आवको पहिलो त्रैमासमा ७८ करोड छ लाख रुपियाँ खुद मुनाफा गरेको छ । बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार रिपोर्ट जारी गर्दै उक्त तथ्यांक सार्वजनीक गरेको हो ।

बैंकको नाफामा गत आवको सोही अवधिको तुलनामा १७० दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष बैंकले यस्तो नाफा २७ करोड ७९ लाख रुपियाँ रहेको थियो ।

बैंकको चुक्त पुँजी आठ अर्ब तीन करोड ११ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा पाँच अर्ब १२ करोड पाँच लाख रुपियाँ रहेको छ । बैंकले निक्षेपमा एक खर्ब ६३ अर्ब ३० करोड ७६ लाख रुपियाँ संकलन गरी एक खर्ब ३९ अर्ब २६ करोड ४५ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै बैंकको दुद व्याज आम्दानी २१२ दशमलव ४१ प्रतिशतले बढेर एक अर्ब ८६ करोड २७ लाख रुपियाँ पुगेको छ । सञ्चालन मुनाफातर्फ १८० दशमलव ६८ प्रतिशतले वृद्धिभई एक खर्ब छ करोड १६ लाख रुपियाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको जोखिमयुक्त सम्पत्ति १२ दशमलव ४८ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव २६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३६ रुपियाँ ७८ पैसा, मूल्य आम्दानी अनुपात ११ दशमलव ९९ गुणा, प्रति सेयर नेटवर्थ १६२ रुपियाँ ३३ पैसा र तरलता अनुपात २१ दशमलव ९९ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement