हिमालयन बैंकको नाफा करिब २४ करोडले बढ्यो, प्रतिशेयर अाम्दानी ३२ रुपैयाँ

Advertisement

काठमाडौं।  हिमालयन बैंकले चालु आव २०७५-७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक।  बैंकले चालु आवको पहिलो त्रैमासमा खुद नाफा ६४ करोड ९६ लाख रुपियाँ खुद नाफा कमाएको छ।

बैंकले अघिल्लो वर्षको सोहि अवधिमा जम्मा ४१ करोड रुपियाँ मात्र कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकले यस वर्ष  २३ करोड ९६ लाख  रुपियाँले नाफा बढाएको हो ।

बैंकको ऋण–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ७८. ७७ प्रतिशत छ। बैंकको  व्याजदर अघिल्लो वर्षको त्रैमासको अवधिमा घटेको छ। अघिल्लो त्रैमासमा  व्याजदर ९.४५ प्रतिशत रहेकोमा अहिले ९. २२ प्रतिशतमा झरेको छ। निश्क्रिय कर्जा १.४६ प्रतिशत छ।

बैंकको व्याजवापतको आम्दानी बढ्दा नाफामा उल्लेख्य वृद्धि देखिएको हो। व्याजवापत बैंकले यस अवधिमा १ अर्ब ३१ करोड आम्दानी गरेको छ। जवकि गत आवको त्रैमासमा यस्तो आम्दानी ७७ करोड ५४ लाख थियो। बैंकको कोषमा लागत ६.१४ प्रतिशत छ। बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ।

बैंकको  प्रतिसेयर आम्दानी ३२ रुपैयाँ छ। ८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषको आकार ६ अर्ब ८९ करोड रुपैयाँको छ।

Advertisement

Advertisement

Advertisement