नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासको नाफा १५ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासमा २० करोड ४१ लाख रुपियाँ नाफा गरेको छ । कम्पनीले गत आवको सोहि अवधिको तुलनामा १५ दशमलव ०५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

कम्पनीले गत आवको सोहि अवधिमा १७ करोड ७४ लाख रुपियाँ नाफा गरेको थियो ।

कम्पनीको चुक्त पुँजी चार अर्ब ३९ करोड ६९ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ६५ करोड ९८ लाख रुपियाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब ४३ करोड ६४ लाख रुपियाँ र महा विपत्ती कोषमा ३७ करोड ११ लाख रुपियाँ रहेको छ ।

कम्पनीले सार्वजनीक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ७४ अर्ब चार करोड एक लाख रुपियाँ कुल बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दुई अर्ब ३५ करोड ४८ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा ११ लाख ८१ हजार एक सय ८३ वटा बीमालेख बिक्री गरेको छ भने गत आवको सोहि अवधिमा १० लाख ९४ हजार चार सय ८६ वटा बीमालेख बिक्री गरेको थियो ।

कम्पनीले यस अवधिमा १४ हजार तीन सय ३४ वटा बीमा दाबीमार्फत दुई अर्ब ३५ करोड ४८ लाख रुपियाँ भुक्तानी गरेको छ । त्यस्तै एक अर्ब ३२ करोड ६४ लख रुपियाँ भुक्तानीको प्रक्रियामा रहेको छ ।

कम्पनीको प्रति सेयर वार्षिक आम्दानी १८ रुपियाँ ५७ पैसा, प्रति सेयर नेटवर्थ एक सय ९१ रुपियाँ ६३ पैसा, मूल्य आम्दानी अनुपात ५० दशमलव १२ गुणा र प्रति सेयर कुल सम्पत्तीको मूल्य एक हजार चार सय ३० रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement