नेपाल पर्वतारोहण संघमा लामाको नेतृत्व नै सदर, शेर्पाको मुद्दा खारेज

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्वतारोहण संघको साधारण सभमबाट निर्वाचित शन्तवीर लामाको कार्यसमितिलाई नै सदर गरेको छ ।

निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षमा पराजित उम्मेदवार जिम्बा जाङ्गवु शेर्पासमेत ८ जनाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा बिहीबार खारेज भएपछि निर्वाचित समितिले मान्यता दिएको हो ।

जिम्बा जाङ्गवु समुहले धाँधली भएको प्रमाण भन्दै एक सीसीटिभी फुटेज सार्वजनिक गरेर आफ्नो हारलाई अस्वीकार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ लगायत पाँच निकायलाई विपक्ष बनाएर दर्ता गरेको मुद्दालाई विहिबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलासले खारेज गरेको हो ।

२०७४ संघको साउन २१ गते भएको निर्वाचनले शन्तवीरको अध्यक्षतामा १९ सदस्सीय कार्यसमिति चयन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement