यस वर्ष १५ जिल्लाका ३५ लाखलाई परिचयपत्र वितरण गरिने

Advertisement

काठमाडौं । सरकारले चालू आवमा १५ जिल्लाका ५३ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । सरकारले ‘एक नागरिक, एक पृथक परिचय नम्बरसहितको परिचयपत्र’ अवधारणसहित परिचयपत्र वितरण गर्न लागेको हो ।

व्यक्तिगत तथा वैविक विवरण समावेश हुने बायोमेट्रिक स्मार्टकार्डमा १० डिजिटको नम्बर हुने जनाइएको छ । चालू आवमा प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्ला समावेश गरी परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज जोशिले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि विभागले तीनवर्षे सणनीतिक कार्ययोजना बनाएको उनले जानकारी दिए । पहिलो वर्ष १५, दोस्रो वर्ष २५ र बाँकी तेस्रो वर्षमा वितरण गर्ने योजना बनाइएको उनले बताए । आगामी पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई रासष्ट्रय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

चालू आवमा राष्ट्रिय परिचयपत्र वितरणको पहिलो चरण अन्तर्गत पाँचथरका एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारीलाई वितरण गरिने छ । प्रदेश १ को पाँचथरबाट मंसिर ३ गते परिचयपत्र वितरण सु गरिने उनले बताए । त्यसका लागि सिंहदरबार र पाँचथरमा व्यक्तिगत विवरण संकलन भइरहेको उनले जानकारी दिए । बुधबारसम्म सिंहदरबारको तीन हजार र पाँचथरको ५१ हजार नागरिकको व्यक्तिगत विवरण संकलन भइसकेको छ ।

कात्तिक १५ गतेदेखि प्रशोधन प्रणालीका माध्यमका कार्ड उत्पादन (प्रिन्ट) गरिँदै छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सूचनाप्रविधि आयोजनाले डिसेम्बरभित्रै सिंहदबार र पाँचथरमा परिचयपत्र वितरण गरिसक्नेछ । आयोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत छ । आयोजनाले सिंहदबारमा सूचना प्रणाली भण्डारण प्रणाली र प्रशोधन केन्द्रसमेत स्थापना गरेको छ ।
चालू आवमै प्रदेश १ को संखुवासभा र झापा, प्रदेश २ को महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, चितवन र रसुवा, गडण्कीको तनहुँ र स्याङ्जा, प्रदेश ५ को गुल्मी र कपिलवस्तुमा परिचयपत्र वितरण गरिनेछ । कर्णालीको सल्यान र जुम्ला तथा सूदुरपश्चिमको कञ्चनपुर र अछाममा पनि चालू आवमै परिचयपत्र वितरण गरिने जोशीले जानकारी दिए । प्रत्येक जिल्लाका १६ वर्ष पुगेको नागरिकलाई परिचयपत्र दिइँदै छ ।

Advertisement

Advertisement

Advertisement