विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता

Advertisement

वासिङ्टन । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृति बारे स्पष्ट हुन सकेको छैन ।

अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताए । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेकी छन् ।

मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताइन् ।

Advertisement

Advertisement

Advertisement