भोलीदेखि देशभरीकै कपडा उद्योग बन्द हुँदै

Advertisement

काठमाडौं । शनिबारदेखि नेपालभरका करिब दुई सयभन्दा बढी कपडा उद्योगहरु बन्द हुने भएका छन् । सरकारले दिने सहायता तथा सहुलियत पुरा नगरेको र घाटामा उद्योग सञ्चालन गर्न नसकिने भन्दै विरोधस्वरुप नेपालभरका सबै कपडा उद्योगहरु एकैपटक एकैदिन बन्द गर्न लागिएको हो ।

सरकारले आफुले पुरा गर्ने भनेको विभिन्न वाचाहरुलाई आलटाल गर्दै टार्न खोजेको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए । नेपालमा आयत हुने कपडामध्ये प्रायः जसो कपडा अवैधानिक तरिकाले भित्रने गरेकोमा त्यसलाई रोक्न नेपाल सरकारले कुनै किसिमको पहलकदमी नगरेको उनले आरोप लगाए ।

प्रधानका अनुसार हाल एक अर्ब रुपियाँ बराबरको कपडाको माग भए पनि करिब ९० प्रतिशत कपडा बाहिरबाट आउने गरेको उनले जानकारी दिए । उक्त कपडामा पनि करिब १० प्रतिशत कपडा अवैधानिक रुपमा नेपाल भित्रने उनले बताए । नेपालमा हाल एक अर्ब मिटरको कपडको माग रहेको छ । नेपाली कपडा उद्योगहरुले यसको करिब सात प्रतिशतमात्र उत्पादन गर्ने गरेको छ ।

उनका अनुसार हाल विदेशबाट आयात हुने हरेक किसिमका र गुणस्तरका कपडाहरु नेपामै उत्पदन गर्न सकिने भए पनि सरकारले सोही अनुसारको सहुलियत नदिएकाले उक्त कार्य अन्यौलमा परेको बताए । उनका अनुसार नेपालमा कपडा उत्पादन गर्नका लागि विभिन्न किसिमका मेशिनरी सामान, दक्ष कालिगढ, कामदार, धागोलगायतका वस्तु तथा सेवामा सहुलियत दिनुपर्ने माग उद्योगिहरुले राखेका थिए । यस्तै नेपालमा उत्पादन हुने कपडाको प्रयोगको लागि पनि उत्तिकै मात्रामा सशजता दिनुपर्ने संघको माग रहेको छ ।

नेपालमा सबैभन्दा अप्ठ्यारो भनेको धागो आयात तथा मेशिनहरु ल्याउनका लागि भएको र उक्त बस्तुहरुको भन्सारमूल्यमा केहि सहुलियत गरिदिन उद्योगीहरुले सरकारसमक्ष माग राखेका थिए ।

सरकारले आयात कम गर्ने भन्दै विभिन्न ऐननियम ल्याएको तर उद्योगी व्यबसायीको विपरित ल्याएको अध्यक्ष प्रधानले जानकारी दिए । नेपाल सरकारले विद्युत, पानी, तथा श्रमिकहरुको तलव बढाईदिदा यता उद्योगहरुलाई धान्न गाह्रो भएको र विभिन्न विषयमा छलफल गरेर अगाढी बढ्न सरकार समक्ष आफुहरुले माग राखेको उनले बताएका छन । उनले यही मंसिर १ गते पत्रकार सम्मेलन गर्दै देशभरका कपडा उद्योगहरु बन्द गर्ने जानकारी दिएका छन ।

Advertisement

Advertisement

Advertisement