एनएमबि बैंकको पहिलो त्रैमासिकको नाफा ५५ करोड

Advertisement

काठमाडौं । एनएमबि बैंकले आर्थिक बर्ष २०७५।७६ को पहिलो त्रैमासिकमा ५५ करोड पाँच लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै उक्त मुनाफा देखाएको हो । यो मुनफा अघिल्लो बर्ष सोही अवधिको तुलनामा शुन्य दशमलव ९९ प्रतिशत कम हो ।

बैंकको निक्षेप ८५ अब ८३ करोड रुपियाँ पुगेको छ भने कर्जा ८२ अर्ब ७८ करोड रुपियाँ पुगेको छ । उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा रु.१३.८ अर्ब तथा कर्जामा रु.१९.३ अर्ब बृद्धि भएको हो । यो त्रैमासमा बचत निक्षेपमा दुई अर्ब २४ करोड रुपियाँले बृद्धि भएको छ ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरिकी डलर एक करोड ५० लाखको कर्जा लिन सफल हुने आफू पहिलो र हालसम्मकै एकमात्र बैंक भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस उपलब्धीहरुबाट बैैंकले प्रति शेयर आम्दानी २६ रुपियाँ ६४ पैसा र प्रति शेयर नेटवर्थ १९९ रुपियाँ ७५ पैसा कायम राख्न सफल भएको बैंकले जनाएको छ । हाल एनएमबि बैंकको ११० वटा शाखा, चार वटा एक्सटेन्सन काउन्टर र ९७ वटा एटिएमहरुबाट सेवा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement