राष्ट्रियसभा सदस्य रामप्रीत पासमान कुटिए

Advertisement

सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबारउनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो ।

पासवान सङ्घीय समाजवादी फोरमबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासी आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए । पासवानको शरीरमा चोट लागेको बताइएको छ ।

राष्ट्रियसभा सदस्य पासमानमाथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । यस्तै सङ्घीय समाजवादी फोरम जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement