डडेल्धुरामा जीप दुर्घटना, गाडि मालिकसहित दुईको मृत्यु, १७ जना घाइते

Advertisement

डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ मा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भागेश्वरको बोगटाबाटबाट सदरमुकामतर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जिप लाकम र ढिमौलाको बीचमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भागेश्वर– ३ बोगटाका ४५ बर्षिय जीपका साहु दीपेन्द्र शाही र भागेश्वर– २, रुपालका २७ वर्षिय धर्मसिह मडै रहेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ ।

जिप सडकबाट सय मिटरभन्दा तल पुगेको प्रहरीको भनाई छ । दुर्घटनापछि जिपका चालक फरार रहेका छन् । घाइतेहरूको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। जीपले क्षमताभन्दा बढि यात्रु बोकेको र सडक घुलाम्य भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement

Advertisement

Advertisement