‘सुन साइँली’ को फस्र्टलुक सार्वजनिक

Advertisement

काठमाडौं । गायक हेमन्त रानाको देश तथा विदेशमा रहेका लाखौं दर्शकको मन जित्न सफल भएको गित ‘सुन साइँली’ को फस्र्टलुक सार्वजनिक भएको छ । हेमन्त रानाले गाएको बहुचर्चित गीत बाट शीर्षक लिइएको चलचित्र ‘साइँली’सिनेमाको पोष्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरिएको हो।

सार्वजनिक पोष्टरमा सिनेमाको प्रदर्शन मिति चैत्र १५ गते राखिएको छ। सिनेमाका लेखक तथा निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालमार्फत सिनेमाको पोष्टर सार्वजनिक गरेका हुन्।

रामबावु गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाह्याङ राई, गौरव पहारी, मेनुका प्रधानलगायतका कलाकारको मूख्य भूमिका रहेको छ।
साइँली गीत चर्चित भएपछि गायक हेमन्त र अभिनेता गौरव पहारी मिलेर यो सिनेमा निर्माण गरेका हुन्।

Advertisement

Advertisement

Advertisement