नेपालमा हतियारको कारोबार गर्दै आएका तीन जना भारतीय पक्रउ

Advertisement

काठमाडौं । अवैध हातहतियार कारोबार गर्दै आएका तीन जना भारतीय नागरिकलई प्रहरीले सुनसरीबाट पक्रउ गरी सार्वजनीक गरेको छ ।

अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सशस्त्र प्रहरीले सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार पक्राउ गरेको हो । अर्का एक नेपालीलाई भने धरान प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्रको श्रीपुर र हरिपुरनाकाबाट दुई थान पेस्तोलसहित भारत सुपौल घर भएका १८ वर्षीय विवेक यादव, १७ वर्षीय सुमितकुमार गोहित र वीरपुरका रञ्जितकुमार मुखियालाई पक्राउ गरेको हो ।

सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठका अनुसार यादव र गोहितको साथबाट एक थान कटुवा पेस्तोल, मोवाइल, मोटरसाइकल तथा मुखियाको साथबाट एक थान चाइनिज पेस्तोल बरामद भएको छ ।

भारतको वीरपुर नाका हुँदै हतियार लिएर नेपाल प्रवेश गरेको समूहलाई गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार राति अटोमेटिक अमेरिकन पेस्तोलसहित सुनसरी बराहा नगरपालिकाका श्यादेव मण्डललाई पक्राउ गरेको छ ।

हतियारसहित पक्राउ परेका उनलाई प्रहरीले सार्वजनिक भने गरेको छैन्। धरानका डीएसपी सुमन तिम्सिनाले हतियार कारोबारमा संलग्न अन्य व्यक्ति पनि रहेकाले अनुसन्धानमा बाधा पुग्ने भएकाले सबै कुरा भन्न नमिल्ने बताए ।

सुनसरीका विभिन्न स्थानमा एकैसाथ हतियारसहित भारतीय नागरिक पक्राउ परेपछि जिल्ला भर सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल भारत सीमा क्षेत्र र मुख्य बजारमा प्रहरीले निगरानी बढाएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement