विप्लवको अदालतमा मुद्दाको चाङ, सरकारीले भन्दा छिटो र निष्पक्ष न्याय सम्पादन गर्नेगरेको दावी

Advertisement

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् ।

तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ। उक्त पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु छिटो र निष्पक्ष टुङ्ग्याउन थालेकाले ‘जनअदालत’ प्रति आकर्षण बढेको दावी गर्दै भने– ‘जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् । हामीले सजिलै ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका छौं ।’

जनअदालतहरु सवै स्थानीय तहमा गठन गरिएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ का रमेश राणाको जग्गा वैङकमा धितो छ । रमेशले आफन्तीलाई जग्गा राख्न दिएपछि आफन्तीले बैङकमा जग्गाधितो राखेर ऋण खाए । तर, धितो फुकेन । फलस्वरुप जग्गा पाउँन भन्दै निवेदन लिएर नेकपाको जनसरकार कहाँ धाए । नेकपाका नेता नविन वलीले रमेशलाई भने– ‘नआत्तिनुस तपाईको समस्या समाधान गर्छौ ।’

केन्द्रिय जनअदालत अन्तर्गतको जनसरकार प्रमुख सन्तोष बुढामगर र न्याय विभाग प्रमुखका रुपमा आदर्श रहेका छन् । वडाध्यक्षदेखि प्रहरी उच्चनिकायका प्रमुख लगागतका विरुद्ध समेत देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् ।

विप्लवका नेता नविन वलीले भने– ‘कुनै व्यक्तिले उजुरी दिनुपर्यो भने हाम्रो न्याय विभाग छ । न्याय विभाग सम्बोधन गरेर प्रत्येक स्थानीय तहमा गठित जनसरकारमा उजुरी दिन सकिन्छ, हाम्रो काम भनेकै जनस्तरमा रहेर जनताको काममा तल्ली नहुने हो ।’
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement