राष्ट्रिय बीमा संस्थानले ४४ लाख नफा गर्यो

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आवको पहिलो त्रैमासमा ४४ लाख १६ हजार रुपियाँ नाफा कमाएको छ । संस्थानले अघिल्लो आवको सोही अवधिमा ४३ लाख ८६ हजार रुपियाँ नाफा कमाएको थियो । यसको तुलनामा संस्थानको मुनाफामा शून्य दशमलव ६८ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्रिय बीमा संस्थानको जगेडा कोषमा १७ करोड ४१ लाख रुपियाँ रहेको छ भने १८ करोड १० लाख रुपियाँ चूक्ता पुँजी रहेको छ । संस्थानको जीवन बीमाकोषमा १६ अर्ब २१ करोड ३९ लाख रुपियाँ रहेको छ ।

कम्पनीले यस अवधिमा ७८ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीको खुद बीमा शुल्क ६४ करोड ६५ लाख रहेको थियो ।
यसैगरि कम्पनीको खुद दाबी भुक्तानी रकम ६२ करोड ८४ लाख रुपैयाँ रहेको छ भने गत वर्षको सोहि अवधिमा ७३ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

Advertisement

Advertisement

Advertisement