सामुदायिक लघुवित्तको आइपिओको बिक्री आजबाट खुल्ला,

Advertisement

काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइतबारदेखि तीन लाख कित्ता सर्वसाधारण सेयर निष्काशनको बिक्री खुला गरेको छ।

संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुर्इ लाख ७३ हजार कित्ता आइपिओ छिटोमा मंसिर ५ गते बिक्री बन्द हुनेगरी निष्काशन गरेको हो । यस समय अवधिमा निष्काशित सेयर बिक्री नभएमा भने पुष २ गतेसम्म बिक्री खुल्ला रहने बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेण्ट बैंकिङले जनाएको छ ।

संस्थाले जम्मा निष्काशनको ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी संस्थापकतर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ।

आइपिओमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइने बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेण्टले जनाएको छ।

Advertisement

Advertisement

Advertisement