बैंक ब्याजदरको प्रभाव सेयर बजारमा बढ्दै, नेप्से १२०० अंकबाट पनि ओरालो लाग्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेर एक हजार दुईसयबाट तल झरेको छ । लगातारजसो गिरावट हुँदै आएको सेयर बजार परिसुचक नेप्से आज १० अंकले घटेर एक हजार १९४ दशमलव ८६ अंक कायम भएको छ ।

आज कारोबारमा केही सुधार देखिए पनि नेप्सेमा भने सुधार आउन सकेन् । आज ३३ करोड ३७ लाख रुपियाँको सेयर किनबेच भयो । जसमा सबैभन्दा धेरै कारोबार गर्ने नेपाल बैंक एक्लैको १४ करोड रुपियाँभन्दा बढि छ । दशैंतिहारपछि बजारमा केही सुधार आउने विश्वलेषकहरुको अनुमान अहिले पनि फेल खाने संकेत देखिएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक झण्डै एक प्रतिशतले गिरावट भएको छ ।

बैंकहरुको उच्च ब्याजदरमा सुधार आउन नसक्नु र ब्याजका विषयमा उनीहरुबीच अन्योलता कायम रहँदा सेयर बजारमा यसको गहिरो र मुख्य प्रभाव परिरहेको धेरै विश्लेषकहरुको अनुमान छ । साथै नेपाल स्टक एक्सचेन्जले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा समस्या कायम रहँदा र यसप्रति लगानीकर्ताहरु अभ्यस्त नहुँदा पनि बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन् ।

समूहगत कारोबार हेर्दा व्यापारबाहेक सबै समूहको उपसुचकहरु ओरालो लागेका छन् । कुल १४५ कम्पनीको सेयर कारोबार भएकोमा २६ वटाले मात्रै नाफा गरेको छ भने बाँकीले घाटा खाएका छन् ।

Advertisement

Advertisement

Advertisement