मिस वल्र्डमा दावेदारी बनाउँदै नेपाली चेली श्रृंखला, भोटिङमा सबैभन्दा अगाडि

Advertisement

काठमाडौं । मिस वल्र्ड २०१८ मा नेपालकी श्रृंखला खतिवडा भोटिङमा शिर्ष स्थानमा रहन सफल भएकी छिन् । चीनमा भइरहेको यस प्रतियोगितामा उनले विश्वका विभिन्न एक सय २१ मुलुकबाट आएका प्रतिस्पर्धिहरुलाई हालसम्मको भोटिङमा पछि पारेकी हुन् ।

प्रतिस्पर्धाको नतिजा आगामी डिसेम्बर ८ तारिकमा हुने जनाइएको छ । श्रृंखला मिस नेपाल २०१८ की विजेता पनि हुन ।

प्रतिस्पर्धामा उपस्थित धेरैलाई उनले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइएको छ । उनले आफ्नै प्रतिस्पर्धिहरुलाई नेपाली भाषामा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु गरेर धेरैको मन जितेकी छिन् ।

सबैलाई आफुप्रति आकर्षित गर्न सफल भएकी श्रृंखला नेपाली संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु दिइरहेकी छिन् । हालसम्मको नतिजालाई हेर्ने हो भने उनले विश्वका एक सय २० मुलुकका सुन्दरीहरुलाई पछि पार्दै भोटिङको पहिलो नम्बरमा रहन सफल भएकी छिन् ।

उनलाई नेपालीले मात्र नभइ अन्य विभिन्न देशका नागरिकहरुलेसमेत सपोर्ट गरेका छन् । सबैको सपोर्ट र श्रृंखला स्वयंको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्डको मुख्य दावेदार मानिएको छ ।

श्रृंखलालाई भोट गर्ने विधि यस्तो छ ।

१. मोब्स्टार नामक एप डाउनलोड गर्ने

२. कुनै पनि सामाजिक सन्जाल एकाउन्टबाट लगइन गर्ने

३. अंग्रेजीमाश्रृंखला खतिवडा सर्च गर्ने

४. निलो थोप्लो भएको प्रोफाइल (श्रृंखला) लार्इ फलो गर्ने (
आइओएसमा पहेलो थोप्लो)

५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलार्इ देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)

६. कमेन्ट गर्ने, कमेन्ट पनि भोटमा गणना हुन्छ

७. जतिसक्दो सेयर गर्ने

Advertisement

Advertisement

Advertisement