सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन्, कारोबार पनि घट्यो

Advertisement

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम सोमबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से पाँच दशमलव ९० अंकले घटेर एक हजार १८९ दशमलव ५६ अंक कायम भएको छ ।

सेयर बजारमा अनलाइन कारोबार प्रणाली लागू भएपछि कारोबार र सुचक दुवैमा सुधार आउने आशा गरिए पनि त्यसो हुन सकेको छैन् । विशेषगरी बैंकहरुको उच्च ब्याजदरमा सुधार आउन नसक्दा सेयर बजार लगातारजसो ओलारो लाग्दै आएको छ ।

सेयर कारोबारमा पनि आज निकै कमी आएको छ । आइतबार ३३ करोड रुपियाँको सेयर किनबेच भएकोमा आज २१ करोड रुपियाँमा सीमित भएको छ । समूहगत कारोबारतर्फ अन्य र वित्त समूहको सुचकहरुमा सामान्य सुधार देखिए पनि बाँकी समूहको सुचकहरु ओरालो लागेका छन् ।

Advertisement

Advertisement

Advertisement