राष्ट्रिय वाणिज्य बैंकले अनाथ बाल आश्रमलाई १२ लाख सहयोग गर्यो

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङलाई एक समारोहका बीच गत शनिबार चेक हस्तान्तरण गरेका हुन् ।

मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement