शरीर जोडिएको बच्चा जन्मिएपछि

Advertisement

सुर्खेत । सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशूहरुको जन्म भएको छ । कालिकोटको राष्कोट नगरपालिका स्थित स्यूनकी ललिता बुढाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी छिन् । सुर्खेत स्थित प्रदेश अस्पतालमा प्रशुति गराउन गएकी उनको आइतबार अप्रेशन गरी शरीर जोडिएको दुई बालिका निकालिएको हो ।

अस्पतालका अनुसार दुई बालिकाको तौल तीन किलो छ सय ग्राम रहेको छ । दुवै बालिका र आमाको स्वस्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । शरीर जोडिएका बालिकालाई एनआइसियूमा राखि उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार बाहिर बाट हेर्दा बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको छ । शरीरका भित्री अंगहरु कलेजो, मुटु जोडिएको छ वा छैन भन्ने भिडियो एक्स–रे गरेपछिमात्र थाहा हुने उनले बताए ।

ललिताको प्रसुतीका लागि कालिकोट जिल्ला अस्पताल पुगेका उनीहरुलाई प्रदेश अस्पताल रेफर गरिएको थियो । अस्पतालमा भर्ना भएलगत्तै डा. राजिव शाह नेतृत्वको टोलिले ललिताको अप्रेशन गरेको थियो । बालरोग विशेषज्ञ केसीका अनुसार छाती र पेट जोडिएर शिशू जन्मीएको घटना अस्पतालमा पहिलो हो ।

मेडिकलको भाषामा यस्तो समस्यालाई थोरासो उल्फासो पेगस भनिन्छ । ललिता यसअघिनै दुई छोराकी आमा भइसकेकी छिन् ।

Advertisement

Advertisement

Advertisement