कर दिवसको अवसरमा करदाता र कर प्रशासनबीच रोमाञ्चक फुटबल खेल हुँदै

Advertisement

काठमाडौं । सातौं राष्ट्रिय कर दिवसको अवसरमा निजी क्षेत्र र सरकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आर्मी अफिसर्स क्लवसँगैको खेल मैदानमा बिहीबार करदाता र कर प्रशासनबीच रोचक प्रतियोगिता हुन लागेको हो ।

बिहान ७ः३० बजेबाट सुरु हुने प्रतियोगितामा आन्तरिक राजश्व विभागको टोली निलो जर्सीमा र नेपाल उद्योग बाणिज्य महासंघ सेतो जर्सीमा मैदानमा उत्रिने महासंघको राजश्व समितिका उपसभापति एवं कार्यक्रम संयोजक कृष्णप्रसाद दुलालले जानकारी दिए । उनले यस किसिमको कार्यक्रमले करदाता र कर प्रशासनबीचको दुरी कम गर्न, कर प्रशासनलाई सुधार गरी करदातामैत्री बनाउन सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement